खोलामा डुबेर एक जनाको मृत्यु


१७ जेष्ठ २०७९, मंगलवार १८:२१ मा प्रकाशित

सुनसरी । जिल्ला सुनसरी कोशी गाऊपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी गाऊपालिका ८ बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ बर्षीय राजेश शर्मा रहेका छन् ।

आज दिउसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागी स्थानिय किल्निक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाश पोस्टमार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here