आगामी दुई वर्षमा सबै घरमा विजुली पुर्याइने सरकारको लक्ष्य


१५ जेष्ठ २०७९, आईतवार १८:११ मा प्रकाशित

काठमाडौ । सरकारले उर्जा क्षेत्र बिकासका लागि ७५ अर्व १० करोड बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम बिनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्ष ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको उहाले बताउनुभयो ।

आगामी दुई वर्षमा सबै घरमा विजुली पुर्याइने सरकारको लक्ष्य छ । त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । उहाले बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी टुंगो लगाउने र स्रोत व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले विद्युत प्राधिकरणको सेयर जारी प्रक्रिया अघि बढाइने र त्यसरी प्राप्त रकम विद्युत आयोजनामा लगाइने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here