स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्नः प्रधानमन्त्री देउवा


१५ जेष्ठ २०७९, आईतवार ०५:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताउनुभएको हो ।

उहाले सार्वभौम जनता नै निणर्ायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताउनुभयो ।

त्यस्तै उहाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको धारणा पनि राख्नुभयो । सीमा सम्बन्धी समस्या वार्ता र सम्वादका माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको स्पष्ट पार्नुभयो ।

उहाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निणर्य लिइने समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here