सरकारको नीति तथा कार्यक्रम पारित, आज बजेट आउँदै


१५ जेष्ठ २०७९, आईतवार ०६:०७ मा प्रकाशित

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।

साँझ ६ बजे बस्ने  संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुनेछ ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ  ।

सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो  ।

संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै अर्थमन्त्री शर्माले संसदमा आर्थिक विधेयक २०७९ पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

बजेट पेश गर्नुपूर्व सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरिसकेको छ ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिवार बहुमतले पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here