भीरकोटमा पाराग्लाइडिङबाट खसेर एक युवती घाइते


१३ जेष्ठ २०७९, शुक्रबार १८:३४ मा प्रकाशित

स्याङ्जा । पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् ।

शुक्रबार दिउँसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानाएको छ ।

पाराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा पाराग्लाइडिङ उडाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here