मन्त्री बडुले बोलेका असंसदीय शब्द हटाउन सभामुखको निर्देशन, संसद बैठक चालु


१३ जेष्ठ २०७९, शुक्रबार १५:५२ मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा असंसदीय शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदले आपत्ति जनाएका थिए।

त्यसपछि सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएका शब्द हटाउन निर्देशन दिनु भएको हो। सभामुखले निर्देशन दिएसँगै संसद् बैठक सञ्चालन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here