अदालतको आदेशको भोलिपल्टै पक्राउ परे पत्नी हत्याको अभियोग लागेका रञ्जन कोइराला


१३ जेष्ठ २०७९, शुक्रबार १९:०१ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।

अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here