काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूहरूसँग कुण्ठा नपोख्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा नेता रिजालले यस्तो आग्रह गर्नु भएको हो ।
उहाँले नेकपा फुटेको तर्फ इङ्गित गर्दै भन्नुभयो ,’हामीले भन्यौ एमालेले ८० सिट जित्यो । हामीले भन्यौ बाम गठबन्धनले ११६ सिट जित्यो । सरकार बन्यो टिकाउन सक्नुभएन । हामीले गरेर हो त ? जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनलाई सम्मान गर्न नसकेपछि के पो टिक्थ्यो । आफ्नै पार्टी टिकाउन सक्नुभएन अनि हामीलाई भन्नुहुन्छ । त्यो हामीलाई भनी रहनु परेन ।’
नेता रिजालले कुण्ठा नपोखी हार स्विकार्न सुझाव दिनुभयो।





