आज सुनको भाउ ९८ हजार रुपैयाँ सूर्योदय संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार ११:४६ मा प्रकाशित काठमाण्डौ । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ २०० रुपयाँ बढेर आज ९८ हजार रुपैयाँमा पुगेको छ । चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।