मन्त्री बडुले ओलीलाई ‘साउनमा दृष्टि गुमाएको गोरुले हरियो मात्र देख्छ’ भनेपछि एमाले सांसदद्वारा संसद बैठक अवरोध


१३ जेष्ठ २०७९, शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको वैठकमा अवरोध गरेको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका हुन्।

मन्त्री बडुले भन्नुभयो, ‘साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्र देख्छ। आफू सत्तामा हुँदा कमिसनमा देखेको र सत्ता बाहेक कमिसनबाहेक के नै देख्न सक्नु भयो र।’

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद्‌हरुले सुरुमा नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले शुरुमा आपत्ति जनाउनु भएको थियो ।

अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिनु भएको थियो।  लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेका थिए।

प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डवाट हटाउन माग गर्नुभयो। संसद बैठक केहीबेरका लागि स्थगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here