मोरङ र झापाबाट लागूऔषधसहित ३ जना पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार ११:१० मा प्रकाशित

विराटनगर । मोरङ र झापाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो भने हिजै बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १०ml को सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here