काठमाडौं । स्थानीय तहको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।
स्थानीय तहको निर्वाचनपश्चात चुनावको समीक्षा गर्न राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो।
पार्टीका नेताहरूले जनाए अनुसार उक्त बैठकमा चुनाव तथा समसामयिक विषयमा छलफल हुनेछ।





