काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताउनु भएको छ।
शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर शाहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताउनुभयो।
उहाँले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाउनु भयो।
उहाँले भन्नुभयो,‘काठमाडौँ महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ। हामी सबै मिलेर अब काठमाडौँलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु।’





