मेचीनगरका जनप्रतिनिधिहरुको सपथ ग्रहण, पहिलो दिन ९ वटा निर्णय


१३ जेष्ठ २०७९, शुक्रबार ०८:१४ मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गदैं आ आफ्नो पदभार ग्रहण गरेका छन् । विहीबार झापाको सदमरकाममा प्रमुख निर्वाचत अधिकृत एवम् जिल्ला अदालत झापाका न्यायाधीस गिरीराज गौतमबाट नवनिर्विाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद तथा गोपनियताका सपथ लिए पश्चात पालकिाका अन्य जनप्रतिनिधिहरुको सपथ ग्रहण भएको हो ।

नगरप्रमुख बुढाथोकीले नवनिर्विाचित उपप्रमुख मीना पोखरेल उप्रेतीसहित १५ वटा वडाका वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य अन्य जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाशालको अध्यक्षता तथा संविधान सभा सदस्य एवम् मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख रविन कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जनप्रतिनिधिहरुलाई शासन नभई सेवक भएर नगरवासीको सेवा गर्न आग्रह गरेका थिए । जनताको अमूल्य मतबाट विजयी हरेक जनप्रतिनिधिहरुले सुशासन दिन सक्नुपर्ने र भारत, भुटान र बंगलादेशको त्रिदेशीय सम्बन्धलाई अझ राम्रो बनाउन समन्वयकारी भूमिका खेल्न पनि सुझाँव दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले हिजो निर्वाचनमा जुन जुन राजनीतिक दलबाट प्रतिनिधित्व गरे पनि निर्वाचनको परिणाम सार्वजनिक भईसकेपछि निर्वाचित जनप्रतिनिधिहरु सवैको साझा बन्न र मेचीनगर नगरपालिकालाई समेत साझा नगरपालिकाका रुपमा अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । नगरपालिकालाई साझा र समृद्घ अनि विकासको गतिमा अघि बढाउन नगरभित्रका राजनीतिक दल, सामाजिक संघ संस्थालगायत सवैको साथ सहयोग रहने समेत सहभागी वक्ताहरुले प्रतिवद्घता व्यक्त गरेका थिए । निर्वाचनका क्रममा जनतामाझ जादा देखिएका समसया समाधान गर्न लाग्नुपर्ने, जनतालाई निराश हुन नदिई स्थानीय सरकारको अनुभूति गराउन साझा धारणा बनाएर विषय विज्ञहरुको सल्लाह सुझाँव लिएर अघि बढ्न पनि वक्ताहरुले सुझाँव दिएका थिए ।

प्रमुख अतिथि कोइराला, १ नम्बर प्रदेश सभा सदस्य राधा थापा, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एवम् पूर्व वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् मेचीनगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, पार्टीका १ नम्बर क्षेत्रीय सभापति एवम् निर्वाचनमा गठबन्धनकातर्फबाट नगरप्रमुखका प्रत्यासी इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका १ प्रदेश कमिटी सदस्य एवम् निर्वाचनमा गठबन्धनकातर्फबाट उपप्रमुखका प्रत्यासी प्रकाश भण्डारीलगायतले बोल्नुभएको थियो ।

उहाँहरुले अहिलेका जनप्रतिनिधिहरुको काँधमा ठुलो जिम्मेवारी रहेकाले यसलाई अवसरकारुपमा लिएर हरेक नगरवासी र नगरको हित हुने गरी जिम्मेवारी पुरा गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा निर्वाचन अधिकृत वेदराज फूयललाई सम्मान पत्रसहित निवर्तमान जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले र स्वागत शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा ‘मेचीनगर हाम्रो पाँच वर्ष’ पुस्तकको प्रमुख अतिथि कोइराला, निवर्तमान नगरप्रमुख विमल आचार्य, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईले संयुक्तरुपमा लोकार्पण गर्नुभएको थियो । लोकार्पण पछि निवर्तमान नगरप्रमुख विमल आचार्यले आफ्नो कार्यकालमा हरेक कदमा साथ सहयोग प्रदान गर्नुहुने सवैप्रति धन्यवाद ज्ञापन सहित आधार प्रकट गर्नुभयो । उहाँले मेचीनगरले ५ बर्षे कार्यकालमा भए गरेका कामको विवरण प्रस्तुत गदैं नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आफूले ५ वर्षमा नगर प्रमुख भएका बखत बटुलेको अनुभवलाई शेयर गर्न तथा साथ सहयोग प्रदान गर्न आफु तयार रहेको उहाँको भनाई थियो ।

नवनिर्विाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले आफुहरु नगरवासीको शासक नभएर सेवक बनेर काम गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । उहाँहरुले आफुहरु ‘साँव’ नभएर जनताको अमूल्य मतबाट निर्वाचित भएर जनप्रतिनिधिमात्र भएकाले हरेक नगरवासीले ‘मेयर साँव उपमेयर साँव’ बाट नभएर नगर प्रमुख उपप्रमुख वा दाजु दिदीकै सम्बन्धले सम्बोधन गर्न समेत नगरवासीलाई आग्रह गर्नुभएको छ । आफ्नो कार्यकालमा नगरवासी र नगरको अहितमा कहिले पनि नलाग्ने र हरेक दिन मेचीनगरलाई समृद्घ विकास बनाउनेतर्फ र सिङ्गो नगरवासीको हितका लागि समय खर्चिर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

पहिलो दिन नौ वटा निर्णय

कार्यपालिकाको पहिलो वैठक समेत विहिबार नै बसेको थियो । बैठकमा ९ वटा प्रस्तावित प्रस्तावहरुमाथि छलफल गरी निर्णय गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।
नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा बसेको बैठकले मेचीनगर नगरपालिकाको आगामी ५ बर्षको योजना तथा कार्यक्रम ब्यवस्थित एवम् प्रभावकारीरुपमा कार्यन्वयन गर्न एकीकृत शहरी विकास योजना तयार गर्ने, नगरवासीहरुलाई अभारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन चालु आर्थिक वर्ष २०७८/२०७९ भित्रमा ४ वटा स्थानमा प्रयोगशालासहितको स्वास्थ्य सेवा केन्द्रहरु सञ्चालनको व्यवस्था मिलाउने, आगामी आर्थिक वर्ष २०७९/०८० भित्रमा मेचीनगर नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने आवास विहिन अति सिमान्तकृत जाति समुदायको २५ घर परिवार पहिचान गरी आवासको लागि आवश्यक पर्ने कार्यविधि तयार गरी आवास कार्यक्रम कार्यन्वयन गर्ने निर्णय गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विश्व वातावरण दिवस, जुन ५, २०२२ भव्यताका साथ सम्पन्न गर्न सवै वडाहरुमा सरसफाइ एवम् वातावरणीय सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगरको समग्र कृषिक्षेत्रको विकासमा टेवा पुर्याउन सहकारी संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्यको नीतिलाई प्राथमिकताका साथ कार्यन्वयन गर्ने, नगरक्षेत्रभित्र रहेका संगठित असंगठित मजदुरहरुको स्वीकृत मजदुर पञ्जिकरण कार्यविधि अनुसार सूचिकृत गरी मजदुरहरुको स्वास्थ्य एवम् जोखिम वीमा गर्ने कार्यलाई आगामी आर्थिक वर्ष २०७९/०८० भित्रमा कार्यन्वयन गर्ने, नगरक्षेत्रभित्र विद्यालय जाने उमेर समूहका हालसम्म विद्यालयमा भर्ना हुन नसकेका बालबालिकाहरुको पहिचान गरी आधारभूत तहको शिक्षाको पहँुचमा ल्याउने, नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई अझ बढी व्यवस्थित एवम् प्रभावकारी बनाई सुशासन प्रत्याभूति गराउन प्रतिवद्घता व्यक्त गर्ने र स्थानीय तह निर्वाचन २०७९ मा सक्रिय सहभागिता जनाई सफलतापूर्वक सम्पन्न गरी निर्वाचित गराउन सहयोग पुर्याउनु हुने निर्वाचन अधिकृत, निर्वाचन आयोगको कार्यालय, सम्पूर्ण राजनीतिक दलहरु, प्रत्यासी उम्मेद्वारहरु, संघ संस्था, प्रहरी प्रशासन राष्ट्रसेवक कर्मचारी,सम्पूर्ण सञ्चारकर्मी एवम् नगरवासीहरुमा धन्यवाल ज्ञापन गर्ने बैठकले निर्णय गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

हार्भेष्टको स्थलगत अवलोकन

नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेती बैठक सम्पन्न भए लगत्तै मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर-७ ले मेचीनगर-५ को श्रृजना चोकमा सञ्चालनमा ल्याएको सामूदायिक पोस्ट हार्भेष्ट सेवाकेन्द्र तथा तालिम भवनको स्थलगत अवलोकन गर्नुभएको थियो । संस्थाका दुर्गा सापकोटाले त्यसका विषयमा नगर प्रमुख उपप्रमुखसहितको टोलीलाई जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here