कहाँ-कहाँ हुँदैछ काठमाडौं महानगरपालिकाका निर्वाचित मेयर बालेन शाहको धन्यवाद र्‍याली ?


१३ जेष्ठ २०७९, शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहको धन्यवाद र्‍याली शुक्रबार बिहानबाट हुँदैछ । शुक्रबार बिहान साढे ६ बजे सभागृहबाट र्‍याली शुरु हुने बालेनको समूहले जनाएको छ।

सभागृहबाट शुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वोर, जडिबुटी, पेप्सीकोलाबाट फिर्ता हुनेछ।

त्यस्तै कोटेश्वोर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महारजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर उक्त र्‍याली धन्यवाद सभामा परिणत हुनेछ।

काठमाडौँ महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ठूलो मतान्तरले हराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here