विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


११ जेष्ठ २०७९, बुधबार १३:३० मा प्रकाशित

वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवताल गाउँपालिका–३ का ४० वर्षका रामप्रवेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर महतो घाइते भएका थिए ।

उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा साढे ७ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here