काठमाडौं । स्वतन्त्र उम्मेदवारको जितको अर्को इतिहास रचिएको छ।
संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित सुनिश्चित बनेको छ।
करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहनु भएको छ।
चुनाव प्रचारका क्रममा साहलाई ‘अन्तर्राष्ट्रिय ठग’को उपाधिको दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा खुम्चिनु भएको छ।
हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याउनु भएको छ भने सिंहले ३५ हजार ३७१ मत पाउनु भएको छ। तेस्रो स्थानमा रहनु भएका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याउनु भएको छ।





