राष्ट्र बैंकको सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त


११ जेष्ठ २०७९, बुधबार ११:३६ मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा.शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ ।

गएको मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई सञ्चालकमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर,आचार्य राष्ट्र बैंक पूर्वकार्यकारी निर्देशकको रुपमा आफनो जिम्मेवारी समालीसक्नु भएको छ ।

राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here