: वाग्मतीसहित अधिकांश प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना  


११ जेष्ठ २०७९, बुधबार ११:१० मा प्रकाशित

काठमाडौं । प्रदेश–१ र वाग्मती प्रदेशसहित केही स्थानमा वर्षा हुने भएको छ ।  प्रदेश–१ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनसार आज राति देशका उच्च पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ का उच्च पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here