नेपालमा अस्तित्वमा रहेका फ्रेन्जाइजी लिगले राष्ट्रिय स्तरको मान्यता नपाउने


११ जेष्ठ २०७९, बुधबार १२:०६ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले एउटा मात्रै फ्रेन्चाइज क्रिकेट नेपालमा हुने निर्णय गरेको छ ।

जसका कारण यसअघि हुँदै आएका धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिगले अब राष्ट्रिय मान्यता नपाउने भएका छन ।

क्यानको बोर्ड बैठकले विगतमा हुँदै आएका अन्य फ्रेन्चाइज क्रिकेटलाई अब मान्यता नदिने निर्णय गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले अहिलेसम्म भएका सबै फ्रेन्चाईज क्रिकेटलाई धन्यवाद दिँदै अब राष्ट्रिय स्तरको मान्यता नदिने निर्णय गरेको हो ।

केहि दिन अगाडी मात्र इपीएल आयोजक र सहभागि टिमका मालिकले क्यानको यो निर्णयको विरोध गर्दै यसले क्रिकेटलाई ठूलो घाटा हुने चेतावनी दिएका थिए ।

क्यान आफैले नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता गर्न लागेको छ ।

अब यसअघि सञ्चालनमा रहेका एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगले क्षेत्रिय स्तरको लिगमा जाँदा मात्रै क्यानबाट मान्यता पाउने पनि निर्णयमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here