नेपालीहरुको श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स


११ जेष्ठ २०७९, बुधबार १०:५८ मा प्रकाशित

नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक ब्यक्तिमा मंकिपक्स देखिएको भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएका हो ।

स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएको बताउदै सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि नागरिकलाई आग्रह गरेको छन् ।

मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जङ्गलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो ।

प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एव मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो सङ्क्रमण हुनसक्छ ।

यो सङ्क्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here