जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका–६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारीका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । कनकासुन्दरी–६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरी निरीक्षकका अनुसार एम्बुलेन्स सड्कबाट १५÷२० मिटर तल खसेको छ । दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।





