पाँच उपमहानगरको नतिजा सार्वजनिक, ६ वटामा मतगणना जारी


७ जेष्ठ २०७९, शनिबार ११:१६ मा प्रकाशित

काठमाण्डौ । ११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसकेको छ ।

हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका हुन् ।

बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेसको अग्रता छ ।
त्यस्तै बुटवलमा
कांग्रेसका खेलराज पाण्डेले २५ हजार ६ सय १२
एमालेका बाबुराम भट्टराईले १८ हजार ६ सय ५९
इटहरी
कांग्रेसका हेमकर्ण पौडेल  २६ हजार ६ सय ५२
एमालेका यामकुमार चुम्वाङ सुब्बा स् २२ हजार ५ सय ८०
धरान
स्वतन्त्र हर्कराज राईले १२ हजार ९५
कांग्रेस किशोर राईले १० हजार ७ सय ८१
एमाले मञ्जु भण्डारी सुवेदीले ८ हजार ७ सय ३९
तुलसीपुर
एमालेका टीकाराम खड्काले १० हजार ६ सय ५
कांग्रेस गेहेन्द्र गिरीले १० हजार ५ सय ३४
जनकपुरधाम
स्वतन्त्र मनोजकुमार साह सुड्डीले ७ हजार ७ सय ८
एमालेका शिवशङ्कर साहले ५ हजार २ सय ८० मत प्रात्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here