काठमाडौं । सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।
बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताउनुभएको थियो ।
उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै उहाले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताउनुभयो ।
सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सिघ्र छानविन गरि सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिनुभयो ।
बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी थिइन् ।





