बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका पवित्रा र नगेन्द्र निर्वाचित


६ जेष्ठ २०७९, शुक्रबार १३:३३ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई निर्वाचित हुनुभएको छ। नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित हुनुभएको हो। उपप्रमुखमा एमालेका उम्मेदवार नगेन्द्र संग्रौला निर्वाचित हुनुभएको छ।

उहाँले गठबन्धनका उम्मेद्वार सीपी कडरियालाई ७१३५ मतले हराउनु भएको हो।

संग्रौलाले १५५८६ मत प्राप्त गरिरहँदा कडरियाले ८४५१ मत प्राप्त गर्नु भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here