दमक नगरपालिकाको मेयरमा राप्रपाका नेता राम थापा निर्वाचित


६ जेष्ठ २०७९, शुक्रबार १०:४७ मा प्रकाशित

झापा । झापाको दमक नगरकालिकाको प्रमुख पद राप्रपाले जितेको छ। मेयर पदका राप्रपाका उम्मेदवार राम थापा दमक नगरपालिकाको मेयर बन्नुभएको छ।

लामो समयदेखि निरन्तर पराजित रहेका थापाको दमकको मेयर बन्ने सपना पूरा भएको छ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकको मेयर पदका लागि सत्ता गठबन्धनले राप्रपाको सहारा लिएको थियो।

थापाले १४ हजार ५७० मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत प्राप्त गर्नु भएको छ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई निर्वाचित हुनुभएको छ। उहाँले १३ हजार ९३१ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत पाउनु भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here