बिर्तामोड । झापाको बिर्तामोड– ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राहुल शर्मा निर्वाचित हुनुभएको छ।
उहाँसंगै उक्त वडामा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा शर्मा सदस्य हुनुहुन्थ्यो । शर्माले १८१३ मत ल्याउनु भएको छ भने कांग्रेसका उम्मेद्वार तथा निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौलाले १७२० मत प्राप्त गर्नु भएको छ।
वडा नं. ४ को महिला सदस्यमा रमादेवी राजवंशी, दलित महिला सदस्यमा निर्मलादेवी सुनुवार, खुल्ला सदस्यहरुमा उमेश राउत र केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।





