मेरो जति मत आए पनि जनताको मतको उच्च सम्मान छः सिर्जना सिंह


५ जेष्ठ २०७९, बिहीबार १५:२३ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने बताउनुभएको हो ।

उहाले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राख्नुभयो ।

उहाले केही वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केहि वडामा सोचेजस्तो मत नआएको जिकिर गर्नुभयो । उहाले मतगणनापछि समिक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गर्नुभयो ।

काठमाडौं महानगरमा ६० हजा बढि मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडी हुनुहन्छ भने एमालेका केशव स्थापीत र कांग्रेसका सिंह तेश्रो स्थानमा हुनुहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here