काठमाडौं महानगरपालिकाः आफ्ना वडामा कांग्रेसकी सिंह अगाडि


५ जेष्ठ २०७९, बिहीबार १४:०६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिनुभएको छ ।

वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मतका साथ सिर्जनालाई पच्छ्याइरहनु भएको छ भने एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाउनु भएको छ भने एमालेका केशव स्थापितको ११ हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here