एमालेद्वारा संसद अवरोध अन्त्य


३ जेष्ठ २०७९, मंगलवार १७:५३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ ।

एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्‍मा गराउनु भएको हो।

बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिनुभएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here