भद्रपुर नगरपालिकाः मेयरमा कांग्रेसका पोखरेल फराकिलो मतान्तरले अगाडि


३ जेष्ठ २०७९, मंगलवार १३:५३ मा प्रकाशित

झापा । भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेल अग्रस्थानमा हुनुहुन्छ।

उहाँले ७२५९ मत प्राप्त गर्नु भएको छ भने एमालेका मेयर पदका उम्मेदवार असारु राजवंशीले ४९०२ मत पाउनु भएको छ। राप्रपाका नवराज पनेरुले ४३०१ मत पाउनु भएको छ।

उपमेयर पदमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ५६९१ पाएर अग्रस्थानमा हुनुहुन्छ भने राप्रपाकी राधा कार्कीले ५४९३ पाएर दोस्रो स्थानमा हुनुहुन्छ।

एमालेकी कौशिल्या अधिकारीले ४१८२ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here