इलामको सन्दकपुर गाउँपालिकामा मिश्रित परिणाम, वडामा एमालेको बर्चश्व


३ जेष्ठ २०७९, मंगलवार १३:०१ मा प्रकाशित

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा मिश्रित परिणाम आएको छ । गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षमा बिजयी भएपनि वडामा एमालेको बर्चश्व छ ।

चारवटा दलको गठबन्धनबाट चुनाव लडेका दलहरु र एमालेबिच प्रतिष्पर्धा भएको थियो । चुनावका लागि तालमेल भएपनि पार्टी एक भएको भने होइन ।

जिल्लाको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्धार तुलाराम गुरुङ विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार उदय राईलाई नौ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले चार हजार दुई सय २३ मत पाउँदै बिजय हुनु भएको छ भने प्रतिष्पार्दी एमालेका उम्मेद्धार राईले तीन हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि राई गाउँपालिका अध्यक्षमा भारी मतका साथ बिजयी हुनु भएको थियो । तर यस पटक भने नेकपा एमाले पार्टी फुटेपछि र अन्य दलहरु गठबन्धन गरेर अघि बढेपछि राईले हार ब्यहोनु परेको हो । बिचमा सडक निर्माणमा बिबाद र यस निर्वाचनमा पनि आचार संहिता उलंघन गरेको भन्दै स्थानियले नियन्त्रणमा लिएपछि उनलाई जनताले मत नदिएका हुन् । राई यस अघि तत्कालिन एमाले बरिष्ठनेता तथा हाल एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका स्वकिय सचिव समेत हुनुून्थ्यो । तर पार्टी फुटाएर झलनाथ खनाल अर्कै पाटीमा जाँदा पनि उहाँ एमालेमा नै रहनु भएको थियो । उहाँले यस पटक भने नेपाली कांग्रेसका उम्मेद्धार गुरुङ माथी जित निकाल्न सक्नु भएन । विजयी गाउँपालिका अध्यक्ष गुरुङले सबैलाई मिलाएर गाउँपलिकाको विकास गर्ने बताउनु भएको छ ।

उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकिकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेद्धार तुलसादेवी सेडाईलाई छ सय ५१ मतअन्तरले पछि पार्दै लुङ्गेली निर्वाचित हुनु भएको हो । पाँच वटा वडा रहेको यस गाउँपलिकालाई क्रमश विकास गर्दै लैजाने निर्वाचित उपाध्यक्ष लुङ्गेलीको भनाई छ ।

यस गाउँपालिकामा वडा नम्वर एकमा एमालेको प्यानल नै विजयी भएको छ । वडा नम्वर दुईमा बठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । वडा नम्वर तीनमा पनि गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । वडा नम्वर चारमा अध्यक्षमा गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ विजयी हुनु भएको छ । उहाँले पनि वडा र सिंगो गाउँपालिकाको विकासमा लाग्ने बताउनु भएको छ । पाँच नम्वर वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here