काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले रफ्तार कायम राख्नु भएको छ।
उहाँले ६ हजार ३ सय ९८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरि, नेकपा एमालेका केशव स्थापतिले ३ हजार ३ सय ४७ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ९ सय ६७ मत प्राप्त गर्नु भएको छ।
उपमेयरमा पनि एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ। उहाँले अहिलेसम्म ६ हजार ५ सय ५७ मत पाउनु भएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ५५ मत पाउनु भएको छ।





