काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।
सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको हो ।
सो क्रममा उहाँले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गर्नुभएको थियो ।
मन्दिरको दर्शन गरेपछि उहाले केहिबेर ध्यान गर्नुभएको थियो ।
मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगायत पुग्नुभएको थियो ।





