ओलीको गृहनगर दमकमा राप्रपाका थापाको अग्रता


१ जेष्ठ २०७९, आईतवार १०:०५ मा प्रकाशित

झापा । कही समय अघिसम्म अग्रता लिनु भएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारी अहिले पछि पर्नु भएको छ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदका उम्मेदवार राम थापाले अहिले अग्रता लिनु भएको छ।

४५४१ मत गन्दा थापाले १९६८ मत ल्याउनु भएको छ भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याउनु भएको छ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here