झापाको भद्रपुर वडा नम्बर १ मा नेकपा एमालेको प्यानलनै विजयी


३१ बैशाख २०७९, शनिबार १९:०० मा प्रकाशित

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ मा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी हुनुभएको हो ।

उहाँसँगै चारै जना वडा सदस्य नेकपा एमालेबाट विजयी हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मत प्राप्त गर्नु भएकाे छ । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहनु भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here