काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । एक भवनमा आगलागी हुँदा त्यहाँ रहेकाहरूले ज्यान गुमाएका हुन् ।
राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ।
आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो ।
आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी रहेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।





