जीप दुर्घटना ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो


३० बैशाख २०७९, शुक्रबार १५:२३ मा प्रकाशित

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरको ज्यान गएको हो । यस्तै ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवरको दुर्घटनामा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा र एक जनाको वालिङमा उपचार भइरहेको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here