हुम्लामा झडप हँदा १० जना घाइते


३० बैशाख २०७९, शुक्रबार १४:०१ मा प्रकाशित

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।

झडप भएसँगै मतदान प्रक्रिया रोकिएको छ । ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here