धरान । नेकपा एमाले धरान–६ का वडाध्यक्षका उम्मेदवार हरिबहादुर राईले पानवारीलाई दुव्र्यसनीमुक्त वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदी र उपमेयरका उम्मेदवार पदमप्रसाद लिम्बू सहितको घरदैलो कार्यक्रम सञ्चारकर्मीहरुसँग बोल्दै प्रत्यासी राईले वडालाई दुव्र्यसनीमुक्त वडा र नयाँ सहरको रुपमाविकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तत्कालिन धराननगरपालिकामा समाहितभएको पाँचकन्या गाविसको १, २ र ३ नं. वडा अहिले धरान–६ नं. वडा हो । धरान नगरपालिकामा समाहित भए पनि पानवारीबासीले नगरबासी भएको आभास गर्ने वातावरण नबनेकोले अब भौतिक पूर्वाधार सहितको नयाँ सहर बनाउने प्रतिबद्धता व्यक्तगर्नु भयो ।
मालपोत कार्यालय पानवारीमा ल्याएको, खानेपानीको दिगो व्यवस्थापनहुने गरी डिपिआर सम्पन्न गरेको, मदन भण्डारी राजमार्गले पानवारीको मध्यभाग हुँदै निर्माणाधिन रहेको स्मरण गर्दै अब धरानको नयाँ सहरको रुपमापानवारी विकसित गरिने बताउनु भयो ।
बालबालिकालाई बालक्लबमा आवद्ध गराएर नैतिक शिक्षा दिने र बाल क्लबमार्फत नै जिम्मेवार नागरिक बनाउने अवधारणा आफुसँग भएको भन्दै टोेल टोलमा बाल क्बल गठन गरी जागरुक गरिने बताउनुभयो ।
अहिले युवाहरु दुव्र्यसनीमा फसेर परिवार नै विथोलिइरहेको अवस्था भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने गरी प्रभावकारी योजना ल्याउने बताउनुभयो ।
उहाँले मेयर तथा उपमेयरका उम्मेदवारले समेत पानवारीलाई प्राथमिकताका साथ नयाँ सहरको रुपमाविकास गर्ने योजनाहरु अघि सारेको भन्दै उहाँहरुको प्रशंसा समेत गर्नुभयो ।





