झापा । स्थानीय तह निर्वाचनका लागि मौन अवधि शुरु भएपछि झापाभर मादक पदार्थको बिक्री वितरणलाई निषेध गरिएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेर मादक पदार्थको बिक्री वितरणलाई निषेध गरिएको जनाएको हो।
मौन अवधि शुरु हुने बैशाख २७ गते राति १२ बजेदेखि अन्तिम मत परिणाम नआइन्जेल मादक पदार्थको ओसारपसार तथा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी सूचनामा जनाइएको छ।
सूचनाः






