गठबन्धन अब घेरै दिन टिक्दैनः ओली


२६ बैशाख २०७९, सोमबार १५:५९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अब घेरै दिन नटिक्ने दावी गर्नुभएको छ ।

सोमबार एमाले किर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउदै, तर्साउदै हिडिरहेकाले गठबन्धन अव घेरै दिन नटिक्ने दावी गर्नुभएको हो ।

उहाँले गठबन्धन धोत्रो पसेको रुखजस्तै भएको र छिटै ढल्ने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्धा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरु अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने बताउनुभयो ।

कुनै उदेश्य नभएका दलहरुको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनुमात्र रहेको उहाको भनाई छ । आफ्नो पार्टीले चूनाव जिते युवाहरुलाई मलेशिया पठाउने र चूनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here