सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा, पाँच शीर्ष नेताले सम्बोधन गर्ने


२५ बैशाख २०७९, आईतवार ०७:०६ मा प्रकाशित

काठमाडौं । दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ ।

चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

गठबन्धनले यसअघि भरतपुर, काठमाडौं र लुम्बिनीमा चुनावीसभा गरिरहेको छ ।

पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ ।

दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here