देशमा सुशासन ल्याउने पार्टी राप्रपा मात्र होः लिङ्देन


२४ बैशाख २०७९, शनिबार १९:५९ मा प्रकाशित

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मात्र देशमा सुशासन दिनसक्ने बताउनु भएको छ।

उहाँले आफ्नो पार्टीले मात्र भ्रस्टाचार अन्त्य गर्ने दाबी गर्नु भयो।

राप्रपाले अहिले भ्रस्टाचार अन्त्य गर्ने महाअभियान लिएर हिँडिरहेको लिङ्देनले बताउनु भयो।

राप्रपा कास्कीले पोखरामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपामात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गर्नु भएको हो।

उहाँले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गर्नु भयो।

पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उहाँले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here