काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ ।
किर्तिपुरस्थति टियु क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराएको हो ।
जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए ।
आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे ।
जिम्बाब्वेका ब्राण्डन माभुताले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
नेपालका सोमपाल कामी र करण केसीले ३/ ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।
जितसंगै नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।





