सवारी दुर्घटनाबाट १ जनाको मृत्यु


२३ बैशाख २०७९, शुक्रबार ११:३० मा प्रकाशित

झापा, बैशाख २३ । झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार राती १० बजे सडक छेउमा रोकेर राखेको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर हुँदा मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदी घाईते भएका थिए ।

घाइतेको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here