काठमाण्डौ । सरकारको तर्फबाट सहजीकरण नभएको भन्दै सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्ने भनिरहेको बेला, सरकारले चासो देखाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इन्टरनेट प्रदायकहरको समस्या समाधान गर्न पहल गर्ने तथा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिनु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो सोमबार आईस्पानका पदाधिकारीहरुसँगको छलफलका क्रममा उक्त कुरा बताउनु भएको हो । उहाले इन्टरनेटमा कुनै समस्या नआउने गरी काम गर्न आग्रह गर्दै मन्त्रालयले विदेशी मुद्रको सिफारीस गरीदिने र अन्य मुद्वामा छलफल र सहजीकरण गर्न सञ्चार मन्त्रालय तयार रहेको जानकारी दिनु भयो ।
त्यसैगरी मन्त्री कार्किले इन्टरनेट सेवा प्रदायक साथै केबुल टिभि सेवा प्रदायकहरुलाई पनि सहजकिरण गर्दै यो भन्दा पहिले तयार गरिएको प्रतिवेदन लागू गराउने तर्फ काम गरीने बताउनु भयो ।
सो बैठकमा मन्त्रालयका तर्फबाट सह सचिव विनोद प्रकाश सिंह सभागी हुनु भएको थियो । त्यसैगरी आईस्पानका तर्फबाट अध्यक्ष सुधिर पराजुली पूर्व अध्यक्ष विनोद बोहारा , सदस्य पुस्कर बडाल तथा सीईओ सुवास खड्का लगाायतको सहभागी हुनु भएको भियो ।





