कांग्रेस र माओवादी कार्यकर्ताबीच सोलुखुम्बुमा झडप, तीन जना घाइते


२० बैशाख २०७९, मंगलवार ११:०४ मा प्रकाशित

काठमाडौं । सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति झडप भएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएकाे झगडा सामूहिक झडपमा परिणत भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here