स्थानीय तह निर्वाचनलाई सहज बनाउन नमूना मतदान कार्यक्रम


१५ बैशाख २०७९, बिहीबार २०:२१ मा प्रकाशित

बिर्तामोड । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनलाई सहज बनाउन जिल्ला निर्वाचन कार्यालय झापाले नमूना मतदान कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार झापाको भद्रपूरस्थित मेची बहुमुखी क्याम्पसमा नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो । मतदानमा क्याम्पसका विद्यार्थी सहभागि भएका थिए । यसपटकको मतदान अन्य निर्वाचनको भन्दा केही फरक हुने भएकाले नमूना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

नमूना मतदान कार्यक्रमले मतपत्र बदर हुने सम्भावनालाई केही हदसम्म कम गर्ने निर्वाचन कार्यालयका कर्मचारीहरुको विश्वास छ । मतदाताको अमुल्य भोट बदर नहोस भनि दिइने शिक्षा, अनि अभ्यास नै नमुना मतदान रहेको झापा जिल्ला निर्वाचन अधिकारी तुलसी प्रसाद नेपाल ले जानकारी दिनु भयो ।

यसपटकको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा शिक्षाको कार्यक्रम नराखेकाले मतपत्र बदर हुने सम्भावना धेरै रहेको बताइन्छ ।

नमूना मतदान कार्यक्रमले मतपत्र बदर हुने सम्भावनालाई केही हदसम्म कम गर्ने निर्वाचन कार्यालयका कर्मचारीहरुको विश्वास छ ।  मतदान बदरलाई कम गराउन यस किसिमको अभ्यासले महत्वपुर्ण भुमिमका खेल्ने कार्यक्रमको सहजीकरण गर्नु भएका जिल्ला निर्वाचन  सुचना अधिकारी  प्रेम न्यौपाने जानकारी दिनु भयो । मेचि बहुमुखी क्याम्पसमा अध्यनरत ३० छात्रछात्रा हरुको सहभागिता रहेको नमुना मतदान कार्यक्रमको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल , निर्वाचन प्रमुख गिरीराज गौतमले नमुना अवलोकन गर्नु भएको थियो । कार्यक्रममा झापाका ए .पि विश्वमणि पोखरेल, प्रमुख सेनानी अनिल कोइराला , ससस्त्र प्रहरीका उपरिक्षक प्रदिप सिहं कार्की लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here