समाजवादीलाई गठवन्धनले पत्याएन–अग्नि खरेल


१४ बैशाख २०७९, बुधबार २०:२१ मा प्रकाशित

 बिर्तामोड । नेकपा एमालेका झापाका इन्चार्ज अग्नि खरेलले नेकपा समाजवादी पार्टी विचैमा हराएको बताउनु भयो । बुधबार नेकपा एमाले बिर्तामोड नगर कमिटिले वडा नम्बर ५ स्थित महानन्द चोकमा आयोजना गरेको  चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्वोधन गर्दै नेता खरेलले गठवन्धन भन्दाभन्दै अन्य दलले नपत्याएपछि समाजवादी विचैमा हराएको बताउनु भएको हो ।

केहि ठाउँ बाहेक गठवन्धनमा कतै पनि समावेश नभएको भन्दै समाजवादीमा रहेकाहरुलाई एमालेमा फर्किन आग्रह गर्नु भयो । एमालेमा ठुला छाती भएका मान्छेहरु रहेको भन्दै उहाँले स्वागतका लागि तयार रहेको पनि बताउनु भयो । नेता खरेलले नेकपा माओवादी केन्द्र वेपत्ते पार्टी बन्न पुगेको पनि बताउनु भयो ।

घोषणा पत्र नै जारी नगरी माओवादी निर्वाचनमा आएको भन्दै उहाँले आफुलाई प्रजातन्त्रिक बताउने नेपाली कांग्रेसको पछि लागेको बताउनु भयो । नेकपा एमाले बिर्तामोड नगर कमिटिले सोमबार देखि चुनावी अभियानलाई तिव्र पारेको छ । एमालेले आज वडा नम्बर ५का कृषिथोक,महानन्दचोक,सुव्वाचोक शितलमार्केट लगायतका विभिन्न स्थानमामा पुगेर कोणसभा सम्पन्न गरेको छ ।

 यस अघि वडा नम्बर १,२,३ र ४ का विभिन्न वडामा पुगेर चुनावी कार्यक्रमको आयोजना गरेको नगरकमिटि अध्यक्ष सुवास भट्टराईले जानकारी दिनु भयो । नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवारमा पवित्रा महातारा प्रसाई र उपप्रमुखमा नगेन्द्र संग्रौला सहितको टिम चुनावी मैदानमा दर्विलोरुपमा रहेको छ । नेकपा एमाले बिर्तामोड नगरकमिटिले बिहीबार घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम समेत तय गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here